जोडिनुहोस

Banner

काठमाडौँ, मंसिर १९–

नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने यु–१९ एशिया कपका लागि २० जना खेलाडी छनोट गरेको छ । काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा क्यानले २० जना खेलाडी छनोट गरेको हो ।

क्यानले आइतबार राति सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा उपाधि विजेता लुम्बिनी प्रदेशका कप्तान देव खनाल रहेका छन् । उनी प्रतियोगिताको उत्कृष्ट व्याटर समेत घोषित भए । यस्तै छनोट हुनेमा मोहम्मद हुसेन, वासिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कंडेल, अर्जुन कुमाल रहेका छन् । यस्तै कमल परियार, अर्जुन कुमाल चुनरा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्सन झा, विपिन शाही र आदिल अन्सारी छनोट भएका छन् ।

क्यानले छनोट भएका २० खेलाडीलाई पासपोर्टसहित मंगलबार बन्द प्रशिक्षणका लागि उपस्थित हुन आग्रह गरेको छ । अन्य केसी समस्या भए क्यानको कार्यालयमा विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्न सकिने क्यानले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *