जोडिनुहोस

Banner

चितवन, मंसिर १७–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर २८ गतेदेखि हुने संघीय संसद अधिवेशनमा पेलेरै अघि बढ्ने बताएका छन् ।

गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष दाहालले विगतमा पनि विरोधका बाबजुद संसद बैठक अघि बढाईएको भन्दै फेरि बिरोध भए त्यसैगरि प्रक्रिया अघि बढाईने बताए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै मंसिर २८ गते बस्ने संसद बैठक चल्न नदिने बताएका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष दाहालले जसरी पनि संसद बैठक चलाई छाड्ने बताएका हुन् । ‘अधिवेशनमा उहाँहरु (एमाले)ले सुरुदेखि नै अवरोध गर्दै आएको हो, तर अधिवेशन चल्यो, बजेट प्रस्तुत भएर पारित पनि भयो, त्यसैगरि अधिवेशन चल्छ’–अध्यक्ष दाहालले भने ।

एमालेको नियत नै ठिक छैन भन्ने कुरा पुरा नेपालीले देखिसकेको भन्दै संसद बैठक अवरुद्ध गर्न जरुरी नरहेको बताए । अध्यक्ष दाहालले भने–‘पेल्ने कुरा होइन, हाम्रो आफ्नो प्रक्रिया चाँही अगाडि जान्छ, सदनबाट गर्नुपर्ने कामहरु अगाडि बढ्दै जान्छ ।’ अध्यक्ष दाहालले थप्दै भने–‘महाधिवेशन गरेपछि अलिकति पोजेटिभ हुन्छन् की भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको उहाँको वक्तव्यले देखियो ।’

अध्यक्ष दाहालले न्यायपालिकाले गठबन्धनलाई गुन लगाएकाले न्यायपालिकालाई सहयोग गर्ने गरी गठबन्धनले भूमिका खेल्न लागेको बताए । केहीदिन अघि दाहालले बारको बैठकमा न्यायपालिकामा देखिएको समस्यामा सहयोगी भूमिका खेल्ने बताएका थिए । त्यसलाई प्रष्टिकरण दिँदै दाहालले भने–‘संसद पुर्नस्थापनाको लागि न्यायपालिकाबाट पोजेटिभ काम भएको छ, त्यो बिर्सिएका छैनौं अहिले न्यायपालिकालाई समस्या पर्दा हामी त्यसलाई सहयोग गर्छौ भनेको हुँ ।’

अध्यक्ष दाहालले प्रधानन्यायाधिशलाई अस्पताल बसाईको बेलामा बिदामा बसेर कार्यवाहक तोक्न आग्रह गरेर न्यायलयलाई सहयोग गरेको भन्दै त्यसैगरि सहयोगी भूमिका खेल्ने बताए । ‘हामी हिजो पनि सहयोग गरेकै हौं, गठबन्धन बसेर प्रधानन्यायाधीश हस्पिटल बसेको बेला कम्तिीमा पनि बिदामा बसेर कार्यबाहक तोक्नु राम्रो हुन्छ भन्यौं त्यो पनि सहयोगै ग¥या हो, यस्तै सहयोग हुँदै जान्छ ।’ अध्यक्ष दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्पतालबाट डिस्चार्ज भइसकेकाले अब छिट्ट्र गठबन्धनको बैठक बसेर आधिकारिक धारणासाथ प्रस्तुत हुने बताए ।

यस्तै अध्यक्ष दाहालले चैतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताए । स्थानीय तहको निर्वाचनको मिति निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल भएपछि मात्रै टुंगो लाग्ने अध्यक्ष दाहालको भनाई थियो । ‘प्रधनमन्त्रीजीले छिट्टै निर्वाचन हुन्छ कसरी भन्नु भयो उहाँको कुरा हो, कुनै प्रसंगमा भन्नुभयो होला अहिले कुनै टुंगो लागेको छैन, चैतमा निर्वाचन चाँही हुँदैन’–अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहाल शनिबार विहानैदेखि चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनका लागि शुक्रबार हवाईमार्ग मार्फत चितवन आइपुगेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *