जोडिनुहोस

Banner

विराटनगर, मंसिर १७-

अर्थमन्त्री जनार्दन शर्माले माओवादी अब गर्जिनुपर्ने बताएका छन्। उनले जनयुद्धकालमा विकास गरेको प्रचण्डपथ विचारधारा पुनः ब्युँताउनु पर्ने बताएका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगर समितिको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘प्रचण्डपथ छोडेर हामीले गल्ती गर्‍यौं, केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेर गल्ती गर्‍यो, त्यसले हामीलाई क्षति भयो।’

उनले थपे, ‘त्यस विचारलाई माथि उठाउनुको सट्टा छोड्यौं, अब त्यसलाई सच्याउनु पर्छ।’ उनले सामन्ती राजतन्त्रलाई पराजित गरेर, वर्गीय मुक्ति र असमानताविरूद्ध आन्दोलन गरेर आएको पार्टीले संविधान जारी गर्दै पछिल्लो समय प्रतिगमनलाई पनि पराजित गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *