जोडिनुहोस

Banner

नयाँ दिल्ली, मङ्सिर १५-

भारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *