जोडिनुहोस

Banner

चितवन, मंसिर १४-

नेपाली कांग्रेसको आसन्न निर्वाचनमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका इञ्जिनियर शिवहरि घिमिरेले वागमती प्रदेश सदस्यमा उमेद्वारीको घोषणा गरेका छन् ।

नेपाली कांग्रेस पार्टीलाई वैचारिक र सांगठनिकरुपमा सबल बनाउन भन्दै घिमिरेले उम्मेदवारीको घोषणा गरेका हुन् । वाग्मती प्रदेश कमिटीको निर्वाचन यही मंसिर १८ गते हुँदै छ भने सदस्यमा मनोनयन एक दिन अघि १७ गते हुने बताइएको छ ।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विधार्थी संघबाट राजनीति सुरु गरेका घिमिरे २०४६ सालदेखि विधार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५१ सालमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको इञ्जिनियरिङ क्याम्पस लामाचौर पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए ।
प्राविधिक विधार्थी संघको केन्द्रीय सदस्य रहि काम गरिसकेका घिमिरे नेपाल इन्जिनियर्स एशोसिएसन चितवनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै सचिव र उपसभापतिमा निर्वाचित हुँदै अहिले उपसभापति पदमा कार्यरत छन् । सामाजिक क्षेत्रमा आम रुपमा स्थापित एवम् सबैले रुचाइएकै कारण चितवन क्षेत्र नं. ३ प्रदेश ‘ख’ बाट हालसालै सबैभन्दा बढी मत प्राप्तगरी प्रदेश अधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित घिमिरेले नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनमा आफ्नो उमेदवारी घोषणा गरेका हुन् ।

घिमिरेले नेपाली कांग्रेसलाई गतिशिल बनाउनका लागि आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुलाई अपिल गरेका छन् । उनले आफू निष्ठापूर्वक नेपाली कांग्रेस पार्टी बनाउन र देश अनि जनताको काम गर्न प्राविधिक क्षेत्रबाट राजनीतिमा सक्रिय भएको बताएका छन् । उनले प्रदेश सदस्य पदमा आफूलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधी एवम् प्रदेश प्रतिनिधिसँगै सबैको साथ, सहयोग र सदभाव रहने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *