जोडिनुहोस

Banner

काठमाडौँ, मंसिर १२

दक्षिण अफ्रिकामा कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

भारतीय सञ्‍चारमाध्‍यममा उल्लेख जानकारी अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिन सक्ने भएकोले सबै राज्यमा उच्च सतर्कता अपनाउन थालिएको हो ।

भारतले ओमिक्रोन भेरियन्ट पत्ता लागेका मुलुकलाई जोखिमपूर्ण क्षेत्रमा राख्दै ती मुलुकबाट आउने यात्रीहरूलाई विमानस्थलमै स्क्रिनिङ र परीक्षण गर्ने बताइएको छ ।

यो भेरियन्ट ‘चिन्ताको विषय भएकोले यो भेरियन्टको प्रभावकारी व्यवस्थापनका लागि व्यापक नियन्त्रण, निगरानी, खोप लगाउने कार्यमा वृद्धि र कोभिडसम्बन्धी उपयुक्त व्यवहारलाई सक्रियताका साथ लागू गर्न आवश्यक देखिन्छ’, आइतबार भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उच्च सतकर्ता अपनाउन आग्रह गरेका छ ।

त्यस्तै राज्य सरकारले सुरुमै पहिचान गर्न सकियोस् भनेर परीक्षण बढाउँदै आरटी तथा पीसीआरआर परीक्षणको मात्रा वृद्धि गर्नुपर्ने र संक्रमण दर ५ प्रतिशतभन्दा तल हुने गरी कदम चाल्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *