जोडिनुहोस

Banner

चितवन, मंसिर १२-

भरतपुरको प्रेशिडेन्सी कलेज अफ म्यानेजमेन्टले विभिन्न कलेजका प्राध्यापकहरुलाई कम्प्युटराइज्ड एकाउन्टिङसम्बन्धी विशेष तालिम दिएको छ ।

तालिममा चितवन र नवलपरासी जिल्लामा कार्यरत एकाउन्ट विषयका प्राध्यापकलाई एक दिने एनएफआरएस\आईएफआरएस र कम्प्युटराइज्ड एकाउन्टिङ सम्बन्धी तालिम दिएको थियो ।

कक्षा ११ र १२ को एकाउन्ट विषयको परिवर्तित पाढ्यक्रममा आधारित रहेर तालिम आयोजना गरीएको हो । सो तालिममा चार्टड एकाउन्टेन्ट भिमनकार्की ले एनएफआरएस÷आईएफआरएसमा र भरत कपालीले कम्प्युटराइज्ड एकाउन्टिङमा प्रशिक्षण दिएका थिए । चितवन र नवलपरासीका ३५ वटा विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ जना प्राध्यापकहरुको तालिममा सहभागिता रहेको थियो ।

कलेजले शिक्षक\प्राध्यापकहरुको क्षमता अभिवृद्घिसम्बन्धी यस किसिमका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको ब्यहोरा कलेजका रिसर्च कार्यक्रम संयोजक डोलेन्द्र पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *