देश/प्रदेश

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

Banner

काठमाडौँ, मंसिर १२-

काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ ।

ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएका प्रहरीले एक महिनाको अवधिमा चोरी भएका मोटरसाइकल र स्कुटर फेला पारेको हो ।

नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपी सञ्जीव शर्माले बताए ।

आइतबार ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले सो मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>