होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डीको निधन

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डीको निधन

काठकाडौँ, मंसिर ८-

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको विशालनगरस्थित केयर होममा आज बिहान निधन भएको छ ।

पछिल्लो दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारको क्रममा विशालनगरस्थित केयर होममा बिहान ३ बजे मृत्यु भएको हो ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिने नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।

शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव थिए भने अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत थिए ।

त्यसअघि पछिल्लो समय टेण्डी उपचारका लागि भारत र अमेरिका समेत गएका थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका