होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा पहिलो पटक भित्रियो इलेक्ट्रिक अटो, दैनिक ६०० थप कमाइ हुने

चितवनमा पहिलो पटक भित्रियो इलेक्ट्रिक अटो, दैनिक ६०० थप कमाइ हुने

चितवन, मंसिर ७
महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो चितवनमा सार्वजनिक भएको छ ।

आज मगंलबारका एक कार्यक्रमका बीच अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालि चितवनले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको छ ।

कम्पनीका व्यवस्थापक हिमान्शु अग्रवालका अनुसार महिन्द्रा ट्रियो १० प्लस सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्णरूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ । यस अटाले प्रति घण्टा ८० किलोमिटर यात्रा गर्न सक्ने छ ।

महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने अग्रवालले बताए । अन्य इन्धनबाट चल्ने अटोभन्दा यस अटोमा दैनिक ६०० रुपैंया बराबर बचत हुने र यसबाट प्रतिकिमि ८० प्रतिशत पैसा खर्च हुने उनले बताए । यस अटोमा एकपटक चार्ज गरेपछि १३० किलोमिटेर सम्म यात्रा गर्न सकिन्छ । गेयर बक्स नभएको यस अटोमा एक्सिलेटरबाट गुड्नेछ ।

अटो अत्यधुनिक प्रविधि रहेकोले इन्टरनेटबाट अटो मोबीलिटी हेर्न सकिने र टायरबाट समेत चार्ज गर्न सकिने छ । अटो र यसमा हुने ब्याट्रीको तीन बर्ष वारेन्टी रहेको उनले जानकारी दिए । अटोमा भएको १६ सेलको व्याट्रीले एक लाख ५० हजार किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने उनको भनाइ छ ।

यसलाई १५ एम्पियरको पावर सकेटमा सजिलै चार्ज गर्न सकिने भएकाले यसका लागि कुनै छुट्टै चार्जिङ्ग स्टेशन आवश्यक नपर्ने उनले बताए ।

अग्नि इनर्जीका भरतपुरका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उनले यो अटो चितवनका लागि उपयुक्त ठानेर भित्र्याएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका