होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • बुल्गेरियामा गुडिरहेको बसमा आगोलागी, ४६ यात्रुको मृत्यु, ७ जना घाइते

बुल्गेरियामा गुडिरहेको बसमा आगोलागी, ४६ यात्रुको मृत्यु, ७ जना घाइते

काठमाडौं, मंसिर ७-

बुल्गेरियामा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए ।

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको हो ।

बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

त्यस्तै दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् र बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले जलेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको छ । अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटकको मृत्यु भएको छ ।

त्यस्र्तै सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका