होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • ए डिभिजन लिग फुटबलः मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

ए डिभिजन लिग फुटबलः मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

काठमाडौँ, मङ्सिर ५–

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । उहाँ सो खेलमा म्यान अफ दी म्याच चुनिनुभयो । जितसँगै मनाङले तीन अङ्क जोडेको छ ।

यस्तै दशरथ रङ्गशालामा आज भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गराएको छ ।

ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एउटा गोल गर्नुभयो । एपीएफका लागि भने आशिष लामा र बिकी तामाङले एक एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रिगेडले सुरुआती अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा राईले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । खेलको १७औँ मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । आवास लामिछानेको क्रसमा आशिष लामाले उक्त गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा पु¥याउनुभयो ।

यस्तै खेलको ६५औँ मिनेटमा राजवंशीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाउनुभयो । खेलको ७७औँ मिनेटमा रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा पु¥याउनुभयो । खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाउनुभयो । सो खेलको म्यान अफ दी म्याच ब्रिगेडका रोशन राना मगर घोषित हुनुभयो ।

जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ । लिगअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम ९एनआरटी० बीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका