होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
फोटोः फाइल

बैतडी, मङ्सिर ५–

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।” दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।

घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका