चितवन विशेष

चितवनमा अनेमसंघको महाधिवेशन केन्द्रित भेला, घरघरमा पुगेर निमन्त्रणा पत्र बाडिँदै

Banner

चितवन, मंसिर ५-

अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति चितवनले १० औँ राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल गरेको छ ।

आज भरतपुरमा आयोजित कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनमा महिलाहरुको सहभागिता राम्रो रहने बताएकी छन् । उनले प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा अनेमसंघ गम्भीर भएको बताइन् ।
कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवम् पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन हुने चितवनका लागि अवसर सँगै चुनौती भएको बताइन् । उनले महाधिवेशनमा धेरै भन्दा धेरै महिला सहभागी गराउनेतर्फ तयारी थाल्नुपर्नेमा जोड दिइन् । महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वार मार्फत स्वागत गर्ने तयारी भइरहेको बस्नेतले बताइन् ।

अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले जानकारी दिइन् ।

एमाले नवलपुरले घर घरमै पुगेर निमन्त्रणा पत्र बाँड्दै

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नेताहरु जिल्लावासीको घरघरमा पुगी निमन्त्रणा पत्र वितरण गरेका छन् ।

जिल्लाको आठ वटै पालिकाका सबै वडाहरुमा वडा कमिटीमार्फत सर्वसाधारणको घरमा पुगरेर नियन्त्रण पत्र बाँडिएको हो ।

नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति नवलपुरका संयोजक यमुनाथ आचार्यले जिल्लाका प्रत्येक वडामा निमन्त्रणापत्र अभियानकै रुपमा वितरण गरिएको बताउनुभयो । समितिले ५० हजार प्रति निमन्त्रणा पत्र तयार पारेर जिल्लाका ९२ वटै वडामा पठाउने गरी आज कावासोती नगरपालिका वडा नं. ३ बाट अभियान सुरु गरिएको आचार्यले बताए । अभियानको शुभारम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा सङ्घीय सांसद तिलक महत क्षेत्रीले गरेका थिए ।

नगर कमिटी तथा वडा कमिटीहरुको भेला र बैठक बसेर निमन्त्रणा पत्र वितरणको काम सुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले बताए । प्रचार समितिले तयार पारेको निमन्त्रणा पत्रमा एमालेको कार्यकर्तालाई मात्रै नभएर पार्टीका शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको हो । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा हुने तय भएको एमालेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>