होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थपिए २३८ कोरोना संक्रमित, ३७० जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थपिए २३८ कोरोना संक्रमित, ३७० जना संक्रमण मुक्त

काठमाडौँ, मंसिर ५-

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् । जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका