होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • मकवानपुरमा नेकपा (माओवादी केन्द्र) वडाको सम्मेलन

मकवानपुरमा नेकपा (माओवादी केन्द्र) वडाको सम्मेलन

मकवानपुर, मंसिर ४–

नेकपा (माओवादी केन्द्र)को देशव्यापी कार्यक्रम अन्तरगत मकवानपुरका सबै वडाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार साँझसम्म सबै वडा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले जानकारी दिए ।

यसैबिच, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को भेलाले बासु कटुवालको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा सिबा प्रसाद लम्साल र हेमकान्त पौडेल, सचिवमा राधिका बिक, कोषाध्यक्षमा भानुभक्त दंगाल लगायत रहेका छन् ।

नेकपा माओबादी केन्द्र मकवानपुरकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को भेलाले राजेश मग्रातीको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपा आचार्य, सचिवमा सोमलाल घलान, कोषाध्यक्षमा महेश थापा लगायत रहेका छन् । नेकपा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, जिल्ला सदस्य कमलचन्द्र सुमन लगायतको आतिथ्य रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?