होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • हेटौंडामा जीपको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडामा जीपको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा,मंसिर १-

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना ३४ प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका