होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली, कात्तिक २८-

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ ।

उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पदबहाली गर्नुभएको छ । उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका