होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • दुर्घटनामा घाइते भएका पत्रकार योञ्जनलाई आर्थीक सहयोग

दुर्घटनामा घाइते भएका पत्रकार योञ्जनलाई आर्थीक सहयोग

झापा, कात्तिक २४-

सवारी दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार तिलक योञ्जनलाई प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं १ ले रु ६५ हजार उपचार खर्च दिने भएको छ । बिर्तामोडमा रहेको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार योञ्जनको भदौ २ गते कार्यालयबाट घर फर्कने क्रममा अर्जुनधारा–१ खुदुनाबारीमा दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो ।

खुट्टाको हड्डी पूर्ववर्त अवस्थामा ल्याउन शल्यक्रिया गरेर आठ दिन अस्पताल बस्नुभएका योञ्जन हाल तीन महिनादेखि आराम गरिरहनुभएको थियो । सामाजिक रुपान्तरणसँगै पत्रकारिता पेशामा लागेर जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेकै बखत दुर्घटनामा परेर गम्भीर घाइते भएकाले प्रतिस्ष्ठानले उपचारमा सहयोग पु¥याउने उद्देश्यले सो रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका