होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

सुदूरपश्चिममा एक महिनामा दुर्घटनाबाट १८ जनाको मृत्यु

बैतडी, कात्तिक २३-

सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।

“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दुर्घटना भएका थिए”, प्रहरी उपरीक्षक गौतमले भन्नुभयो, “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।” क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दुर्घटनाको कारण बन्ने गरेको छ”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका