जोडिनुहोस

Banner

चितवन, कार्तिक २३ –
चितवनको सुधार गृहमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर १२ मा रहेको श्रद्धा नेपाल सुधारगृहमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी नगरपालिकाका ३२ वर्षीयक सुरेश सुनार रहेका छन् ।

उनलाई केही दिनअघि सुधार गृहमा लगेर राखिएको थियो । सुधारगृहमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारको जोहेरीका आधारमा सुधारगृहका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिए । मृतकको शवको पोस्टमार्टम गर्ने तयारी गरिएको उनले जनाए ।

सुधारगृहमा मृत्यु भएपछि मृतकका परिवारले हत्या भएको आरोप लगाएका छन् । मृतकको शरीरमा कुटपिट गरिएका निलडामहरु देखिएको बताउँदै उनीहरुले हत्या भएको आरोप लगाएका छन् । आज प्रहरी कार्यालय अगाडि जम्मा भएका उनीहरुले प्रहरी अनुसन्धान सत्यतथ्यरुपमा गर्न सचेत गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *