होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • कैलालीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलाली, कात्तिक २२–

कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका–५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका–७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोक्किँदा चालक अभिषेक चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चारजना घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएकामा र घाइते नरेश रोकायालाई चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका