होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • संविधान संशोधन नभए अर्को संविधान बन्छःउपेन्द्र यादव

संविधान संशोधन नभए अर्को संविधान बन्छःउपेन्द्र यादव

रुपन्देही, कात्तिक,२२-

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिएका छन् । पार्टीले रुपन्देहीको धकधईमा गरेको कार्यक्रममा उनले संघीयता विरोधीले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको बताए । ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’

७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित भएको बताए। ‘५–७ जना मन्त्री बनेर झण्डावाला गाडी चढेर मात्र हुँदैन’, यादवले भने, ‘प्रदेश स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका