जोडिनुहोस

देश/प्रदेश

मनकुमारको घर बनाउन जुटे पत्रकार

Banner

झापा, कात्तिक १८-
झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका कम्युनिस्ट योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ ।अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आउनुभएको छ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीका अवसरमा उहाँको घरको शिलान्याश गरिएको छ । जनसहयोग सङ्कलन गरेर रु १२ लाखको लागतमा आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताउनुभयो ।

उहाँले अब बन्ने घर एक तलाको हुने र त्यसमा दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएकोे जानकारी दिनुभयो । कम्युनिस्ट योद्धा तामाङ नेकपा ९एमाले०का अध्यक्ष एवं् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री हुनुहुन्छ ।

लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको रु ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशक अघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उहाँ काठको घरमा जसोतसो बस्दै आउनु भएको थियो ।

मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सहसंयोजक एवं् पत्रकार दिपीन राईले बताउनुभयो । घर निर्माण अभियान पत्रकारले नै सञ्चालन गरेका छन् । सात सदस्यीय समितिमा कोषाध्यक्षमा पत्रकार मनिषा चम्लागाईं रहनुभएको छ ।

अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पानी खानका लागि पुरानो ट््युवेल प्रयोग गर्दै आउनु भएको छ । उहाँहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ । झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङको जीर्ण घरले काचुली फेर्न पाएको थिएन ।

घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजक भट्टराईको भनाइ छ । राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली कांग्रेस निकट हुनुहुन्छ । घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, नेकपा ९माओवादी० केन्द्रका नगर इञ्चार्ज नाराद तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर सङ्घर्षमा होमिनुभएको जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताउनुभयो ।

घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै इञ्चाज तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पु¥याउन नसकेको बताउनुभयो । उहाँले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *