जोडिनुहोस

Banner

चितवन,कार्तिक १६-

भरतपुरमा आज रातभर र भोलि दिनभर विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर स्थित १३२/३३/११ बसेनी ग्रिड सवस्टेशनको ट्रान्सफर्मर समस्या आएका कारण विद्युत अबरुद्ध भएको हो । आज अपरान्हदेखि भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध छ ।
एउटा ट्रान्सफर्मरमा आएको समस्या समाधनका लागि काम हुँदै गर्दा आज अर्को ट्रान्सफर्मरमा पनि समस्या आएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिँंहले जानकारी दिनुभयो ।

यसअघि ट्रान्सफर्मरको केबल जडानका लागि सोमबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत् अवरुद्ध गरिएको थियो । काम गर्दैगर्दा अर्को ट्रान्सफर्मरमा पनि समस्या आयो,प्रमुख सिंहले भन्नुभयो,भोलि बेलुका सम्म पनि मर्मत हुन गाह्रो छ । आज रातभर र भोलि दिनभर भरतपुरमा विद्युत अबरुद्ध हुने निश्चित भएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १३ सम्म, २९ नम्वर वडा र देवघाटमा विद्युत अबरुद्ध हुने उहाँले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *