होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • दलित भन्दै प्रेम विवाह अस्विकारपछि सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आत्महत्या

दलित भन्दै प्रेम विवाह अस्विकारपछि सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आत्महत्या

मधुसूदन दवाडी

चितवन, कात्तिक १६-

उपल्लो जातकी प्रेमिकालाई विवाह गर्न परिवारले नदिएपछि सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी प्रविनप्रविन विश्वकर्माले आत्महत्या गरेका छन् ।

सप्तगण्डकी क्याम्पसमा बीएड दोस्रो वर्ष पढ्ने प्रविनले गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाक स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । १४ गते आइतबार साँझ २० वर्षीय प्रविनले झुण्डिएर घरमा आत्महत्या गरेको अवस्थामा दिदीले देखेपछि पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले प्रेम सम्बन्धको कारणले उनले आत्महत्या गरेको भन्ने सुन्नमा आएको नारायणी अनलाइनलाई जानकारी दिए । १४ गते राति ११ बजे प्रहरीलाई जानकारी भएपछि गोरखा जौबारीबाट प्रहरी टोली घटनाको अनुसन्धान गर्न बारपाक पुगेको थियो । जौबारी अस्पतालमा शवको पोस्टमार्टम हुन नसकेपछि गोरखा अस्पताल ल्याएर पोस्टमार्टम गरी सोमबार मृतकको दाहसंस्कार भएको छ ।

प्रविनको स्कुल पढ्दादेखि गाउँकै २० वर्षीय घले थरकी केटीसँग प्रेम सम्बन्ध रहेको थियो । केटाकेटी दुवै जना भरतपुरमा बसेर अध्ययन गर्दथे । केटीका परिवारले तल्लो जातको दलित केटा भनेर मेरी छोरीसँग नबोल भनेर थर्काउन थालेपछि केटाले आत्महत्या गरेको प्रविनको ठूलो बुबा सुकबहादुर विकले बताए । उनले केटाकेटी विवाह गर्ने सोचमा रहेको अवस्थामा केटीको परिवारले दलित भनेर केटालाई अस्विकार गरेको जानकारी दिए । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत प्रविन झण्डै एक महिनाअघिदेखि बारपाककै एक विद्यालयमा शिक्षकको रुपमा काम गर्न थालेका थिए । गाउँघरमा उनीहरुको प्रेम सम्बन्धलाई लिएर गाईगुई हल्ला चल्न थाल्यो । यसै प्रेम सम्बन्धलाई लिएर केटीको परिवारले अन्यत्र उपल्लो जातको केटासँग विवाह गर्दिने कुरा गर्न थालेपछि प्रविन तनावमा परेको पारिवारिक स्रोतले बताएको छ ।

मृतकको ठूलोबुबा सुकबहादुरले भने, ‘अन्य जस्तो सुकै केटी पाउन सक्ने उसले आत्महत्याको बाटो रोजेर गलत काम ग¥यो । केटी शिक्षकको छोरी भएकोले पनि आर्थिक रुपमा केटाको परिवार गरिब थियो । जातको कारणले उनीहरुको प्रेम सम्बन्धलाई समाज र परिवारले इन्कार गर्दा यस्तो घटना घट्यो ।’

प्रविन सानै देखि टुहुरो केटा हो । उसको बुबा प्रविन सानै हुँदा मलेसियामा रोजगारीको शिलशिलामा ज्यान गुमाएका थिए । उनकी आमाले ज्याला मजदूरी गरेर प्रविनलाई हुर्काएर सप्तगण्डकी बहुमुखी क्याम्पस पढाएकी थिइन् । उनको दुई दिदी रहेका छन् । ठूलो बुबा सुकबहादुरले एउटा छोराले आत्महत्या गरेपछि आमा बेहोस नै रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘हामीले आमालाई सम्झाइरहेका छौं ।’

2 प्रतिक्रिया on “दलित भन्दै प्रेम विवाह अस्विकारपछि सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आत्महत्या

  1. शिक्षक जस्तो पेशा मा रहेको प्रबिण ले आत्महत्या जस्तो बाटो अपनाउनु हुन्न थियो , गहिरो प्रेम थियो भने अन्य बाटो पनि थिए नि ..

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका