होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनको टिकौली जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएपछि…

चितवनको टिकौली जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएपछि…

चितवन, कार्तिक १३ –

चितवनको टिकौली जंगलमा गुडिरहेको बसको ब्रेक फेल भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज शनिबार दिउँसो रत्ननगर नगरपालिका १० टिकौली जंगलस्थिति सडकखण्डमा बसको ब्रेक फेल भएको हो । भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बा ३ ख १८६३ नम्बरको बसको अचानक ब्रेक फेल भएको हो ।

ट्राफिक कार्यालयका अनुसार ब्रेक फेल भएको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०३ प २५९५ नम्बरको मोटरसाइकल र ग ११ प ४०९२ नम्बरको स्कुरलाई ठक्कर दिएको छ ।

ठक्करबाट स्कुटर चालक तनहुँको व्यास नगरपालिका ४ का २३ वर्षीय शरिना गुरुङ र स्कुटर पछाडि सवार सोही स्थानका २३ वर्षीय पुनम गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै मोटर साइकल चालक चितवनको भरतपुर महानगर १२ बस्ने २४ वर्षीय शरद रेम्मीको दाहिने खुट्टा भाँचिएको र उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा रहेका यात्रुहरु भने सकुशल रहेका प्रहरीले जनाएको छ । ब्रेक फेल भएको बस जंगलतर्फ गइ रोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका