
काठमाडौं, कात्तिक १२-
वर्कआउट गरिरहेका बेला साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातका कारण निधन भएको छ । बेंगलुरुको विक्रम अस्पतालमा हृदयघात लगत्तै ४६ वर्षका उनको मृत्यु भएको हो ।
स न् १९८५ मा उनले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनीले खेलेको फिल्म ‘बेट्टाडा होवू’बाट उनले थिए थुप्रै अवार्ड पाएका थिए । त्यस्तै अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा उनी देखिएको थियो । उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।