जोडिनुहोस

Banner

चितवन,कार्तिक १२-

नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशन कार्तिक १५ गते हुने भएको छ । अधिवेशनको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विहान ११ बजेबाट सुरु हुने कार्यक्रम भरतपुरको मिड टाउन रिसोर्टमा हुने सम्भावना रहेको र आज निर्णय गरिने एमाले भरतपुर महानगर कमिटीले जनाएको छ ।

भरतपुर महानगरपालिकाका २७ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । दुई वडाको नेतृत्वमा सर्वसम्मत हुन नसकेपछि अधिवेशन सारिएको र आज,भोलिमा नै नयाँ नेतृत्व चयन हुने एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नेतृत्व चयन गर्न वडा नं. ६ र २१ बाँकी छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *