जोडिनुहोस
alt
  • होमपेज
  • ४९ दिन मन्त्री बन्दा विजयी सुवेदीको सयबढि कामः नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म (सूचिसहित)

४९ दिन मन्त्री बन्दा विजयी सुवेदीको सयबढि कामः नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म (सूचिसहित)

चितवन, कात्तिक ११-

वाग्मती प्रदेशमा सत्ता समिकरण परिवर्तन भएसँगै चितवनका सामाजिक विकास मन्त्री विजयी सुवेदी ४९ दिन मन्त्री बनेर बिदा भएका छन् ।

सुवेदी २०७८ भदौं २३ गतेदेखि कात्तिक १० गतेसम्म मन्त्री बनेका हुन् । उनले यसअवधिमा एक दिन पनि थकाइ नलिई जनताको सेवामा सक्रिय भएका छन् । चाहे मन्त्री बन्दा होस् वा अन्य समयमा होस् सधै उनी जनताको नजिक रहेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहे ।सुवेदीले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आफुले गरेका कामका बारेमा जानकारी दिएका छन । उनका स्वकिय सचिव सन्तोष पन्तका अनुसार ४९ दिनमा १ सय बढि काम गरिएको छ ।

२३ गते मन्त्री बनेसँगै २४ गते उनी चितवनको दासढुंगा पुगेर स्वर्गीय नेताहरु मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिकमा फूलमाला चढाइ काम सुरु गरेका थिए । उनले सुरुवातमा नै मन्त्रालयका विभागीय प्रमुखहरुबाट मन्त्रालयका योजना, रणनीति र सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा जानकारी लिए भने विभिन्न भर्चुअल बैठक र सभाहरुमा सहभागी भए । मन्त्री सुवेदीले विज्ञान तथा प्रविधि नीति, युवा नीति, खेलकुद नीति, महिला नीति, बालबालिका नीति, जेष्ठ नागरिक नीति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक नीति, अपाङ्ग/अशक्त नीतिलगायत ८ वटा नीतिहरुको ड्राफ्ट गर्नका निमित्त सम्वन्धित विषय विज्ञहरु चयन गरि जिम्मेवारी दिने कार्य आफ्नो कार्यकालमा गरे । यसैगरी प्रदेश शिक्षा ऐन ड्राफ्ट गर्नका लागि विज्ञ चिरञ्जिवी खनाललाई जिम्मा लगाए ।

उनी मन्त्रीबाट हट्ने दिन कार्तिक १० गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेशको बोर्ड बैठकमा सहभागी भई कार्य प्रगतिका सम्वन्धमा जानकारी लिई आवश्यक निर्देशन दिएर पूर्वमन्त्री सुवेदी निरन्तर प्रदेशको सामाजिक, खेलकुद, शिक्षा, संस्कृति र स्वास्थ्य जस्ता विभिन्न गतिविधिमा सक्रिय भइरहे । पूर्वमन्त्री सुवेदीका ४९ दिनका कार्यलाई यसरी स्मरण गरिएको छ ः

सामाजिक विकास मन्त्री  विजय सुवेदीको दैनिकी

(२०७८ भाद्र २३ गते देखि कार्तिक १० गते सम्म ४९ दिन)

  • २०७८ भाद्र २३ गते दिनको १४ः३० बजे बागमती प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख माननीय यादव शर्माबाट सामाजिक विकास मन्त्री पदको सपथ ग्रहण गर्नु भयो । सोहि दिन अपरान्ह १५ः१५ बजे सामाजिक विकास मन्त्रालयमा पदभार ग्रहण गर्नु भयो भने अपरान्ह १६ः०० बजे मुख्यमन्त्री कार्यालयमा प्रदेश सरकारको पहिलो क्याविनेट बैठकमा सहभागि हुनु भयो ।
    ड्ड २०७८ भाद्र २४ गते चितवन दाशढुङ्गा गई श्रद्धेय नेताहरु मदन कुमार भण्डारी र जिवराज आश्रीतको शालीकमा पुष्पमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
  •  २०७८ भाद्र २६,२७ र २८ गते मन्त्रालयका विभागिय प्रमुखहरुबाट मन्त्रालयका योजना, रणनिती र सञ्चालित कार्यक्रमहरुका सम्वन्धमा जानकारी लिनु भयो ।
  • २०७८ भाद्र २७युवा वैज्ञानिक प्रोत्साहन कोषबाट सञ्चालित अनुसन्धानका प्रगतिबारे भर्चुअल बैठकका सहभागी भई विषयगत अनुसन्धानको प्रगतिबारे जानकारी लिई आवश्यक सल्लाह सुझाव दिनु भयो ।
  •  २०७८ भाद्र २८ गतेमन्त्रालयका विभागिय प्रमुखहरुबाट मन्त्रालयका योजना, रणनिती र सञ्चालित कार्यक्रमहरुका सम्वन्धमा जानकारी लिनु भयो ।
  •  २०७८ भाद्र २९ गते सामाजिक विकास मन्त्रालयको आयोजनामा ५७ औँ बाल दिवस मनाउने कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागि हुनु भयो । सोहि दिन प्रदेश युवा परिषदको कार्यालय र प्रदेश खेलकुद विकास परिषदको कार्यालयको अवलोकन गरि आवश्यक सुझाव सल्लाह दिनु भयो ।
  • २०७८ भाद्र ३० गते बागमती प्रदेश साक्षर समन्वय समितिको बैठक बसी आश्विन ११ गते साक्षर प्रदेश घोषणा गर्न आवश्यक कार्यक्रम तर्जुमा भयो । सोहि दिन चितवन गणेशधाममा पुण्यवति जलासय बाँधको शिलान्यास गर्नु भयो । केरुङ्गा घोल, पुङ्गी खोला एवं विभिन्न सडकहरुको अवलोकन गरी केरुङ्गा घोलको ध्रुवमा एउटा पर्यटकिय ताल बनाउने सम्वन्धमा आवश्यक तयारी गर्न सिचाई डिभिजन कार्यलय चितवनलाई निर्देशन दिनुभयो ।
  • २०७८ भाद्र ३१ गते शिक्षा विकास तथा समन्वयइकाई चितवनको अवलोकन गरि चितवनको शैक्षिक अवस्थावारे जानकारी लिनु भयो ।
  • २०७८ आश्विन १ गते हेटौडा गौरीटार गई निर्माणाधिन रंगशालाको अवलोकन गरि प्रदेश खेकलुद परिषदका सदस्य सचिवलाई निर्माण कार्य समयमा पुरा गर्न अवश्यक पहल लिन निर्देशन दिनु भयो । सोहि दिन सामाजिक विकास मन्त्रालयको सभाकक्षमा प्रदेश खेलकुद विकास परिषद र अखिल नेपाल फुटवल संघ एन्फा विच बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा ९१ वटा फूटबल खेल सञ्चालन गर्नएन्फालाई सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने तथा बागमति प्रदेशवाट सवै जिल्लामा सञ्चालन हुने फूटबल खेलमा एन्फाले आवश्यक सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भयो ।
  •  २०७८ आश्विन २ गते संविधान दिवसका सन्दर्भमा संविधान दिवस मुल समारोह समिति तथा प्रदेश युवा परिषदको आयोजनामा हेटौडा बुद्ध चोकमा सञ्चालित खुल्ला रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भयो ।
  • २०७८ आश्विन ३ गते संविधान दिवस मुल आयोजक समितिद्धारा मुख्यमन्त्रीको कार्यालयमा आयोजित संविधान दिवस २०७८ को कार्यक्रममा सहभागी हुनुभयो । सोह दिन सामजिक विकास मन्त्रालयको सभा कक्षमा सामाजिक विकास मन्त्री स्वयंको १५ बुँदे आचारसंहितामा हस्ताक्षर र घोषणा गरि आचारसंहिताको पुर्ण पालना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
  • २०७८ आश्विन ४ गते काठमाण्डौ विश्व विद्यालयका उपकुलपति, रजिष्टार लगायतका पदाधिकारीहरु संग बागमती प्रदेशको मुलत आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुको सिकाईलाई आजको समयानुकुल कसरी गुणस्तरियता प्रदान गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्नु भयो । यस अवसरमा काठमाण्डौ विश्व विद्यालयबाट प्रदेश सरकारले ल्याएको योजनालाई आवश्यक सहयोग गर्ने वचन प्राप्त भयो । साक्षर बागमती घोषणाका लागि बाँकी रहेको काठमाण्डौ जिल्लालाई साक्षर काठमाण्डौ घोषणा गर्नु भयो । बागमती प्रदेशको श्रम तथा रोजगारको नीति तयार गर्ने जिम्मा लिनु भएका विज्ञ पुर्णचन्द्र भट्टराई संग यस वारे विचार विमर्श गनु भयो । त्रिभुवन विश्व विद्यालय किर्तिपुरको हाताभित्र भई रहेको चारवटा अनुसन्धानको प्रत्यक्ष अवलोकन गरि आवश्यक सुझाव दिनुभयो । त्रिभुवन विश्व विद्यालयका उपकुलपति, रेक्टर लगायतका पदाधिकारीहरु संग प्रदेशको शिक्षामा गुणस्तरिय विकासका लागि आपसी सहकार्य बारे छलफल गर्नु भयो । उक्त अवसरमा त्रिभुवन विश्व विद्यालयबाट प्रदेशको समग्र शैक्षिक विकासकालागि प्रदेश सरकारवाट आउने प्रस्तावमा सहयोग गर्ने बचन प्राप्त भयो । यसै दिन सार्वजनिक निर्माण इकाई धुलिखेल र गजुरीको कार्यालयको निरीक्षण अनुगमन गरि आवश्यक निर्देशन समेत दिनु भयो ।
  •  २०७८ आश्विन ५ गते जिल्ला समन्वय समिति चितवनको पाँचौ जिल्ला सभामा शुभकामना मन्तव्य दिई आफ्नो संयोजकत्वमा गठित समितिबाट तयार पारिएको चितवन दर्पण “चितवनको इतिहास, वर्तमान र परिकल्पना” को औचित्य र महत्व वारे प्रकाश पार्नु भयो । शैक्षिक तालिम केन्द्र भरतपुरको निरीक्षण गरी आवश्यक निर्देशन दिनु भयो भने सोहि दिन आदर्श गृह भरतपुरमा रहेका अनाथ बालबालिकाहरु संग भेटघाट तथा अन्तरकृया गर्नु भयो ।
  •  २०७८ आश्विन ६ गते पञ्चेश्वर शिवालय मन्दिर भरतपुर ७ चितवनमा निर्मित योग भवनको समुद्घाटन गर्नु भयो । सोहि दिन मन्त्रालयमा बागमति प्रदेश साक्षरता समन्वय समितिको बैठक बसि साक्षर बागमती प्रदेश घोषणा कार्यक्रम तयारीको समीक्षा गरि भव्य रुपमा सम्पन्न गर्न आवश्यक कार्यक्रम तय भयो ।सोहि दिन माननीय मन्त्रीज्यूको उपस्थितिमा प्रदेश युवा परिषदको बैठक बसी कार्यकारिणी समिति बनाई बार्षिक योजना र कार्यक्रम पारित भयो ।
  •  २०७८ आश्विन ७ गते सामाजिक विकास मन्त्रालयको कार्यक्रम कार्यान्वयन मार्गदर्शन पुस्तिका सदर गर्नु भयो ।
  •  २०७८ आश्विन ९ गते प्रदेश सरकार सुशासन केन्द्र बागमती प्रदेशको आयोजनामा स्थानिय तहको संस्थागत स्वमुल्यांकन सम्वन्धि अनुशिक्षण र फलोअप कार्यक्रमको गोदावरी ललितपुरमा उद्घाटन गर्नु भयो । सोहि दिन माननिय जीवन खड्काज्यू समेतको सहभागितामा जावलाखेल भलिवल प्रशिक्षण केन्द्र र ललितपुरमा निर्माणाधिन क्याम्पसको अनुगमन गर्नु भयो ।
    ड्ड २०७८ आश्विन १० गते विहान मन्त्रालयका कर्मचारीहरुको सहभागितामा मन्त्रालय परिसरको सरसफाई गर्ने कार्यमा सहभागि हुनुभयो ।
  •  २०७८ आश्विन ११ गते प्रदेश स्काउट तदर्थ समितिको आयोजनामा सामाजिक विकास मन्त्रालयको सभाहलमा दिक्षान्त समारोह तथा पद तथा गोपनियताको सपथ ग्रहण गनु भयो ।सोहि दिन सामाजिक विकास मन्त्रालयको आयोजनामा मन्त्रालयको प्राङ्गणमा प्रदेश सरकारका मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्यज्यूवाट साक्षर बागमती प्रदेश स्तम्भको अनावरण, मन्त्रालय परिसरमा फलफुलका विरुवा रोपण गरि साक्षर बागमती प्रदेशको औपचारिक घोषणा गर्नु भयो । सोहि दिन शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरु संग मन्त्रालयको सभाहलमा अन्तरकृया गरि आधारभूत र माध्यमिक विद्यालयको सिकाइलाई गुणस्तरिय बनाउन अन्तरकृया गनुभयो ।
  •  २०७८ आश्विन १२ गतेसामाजिक विकास मन्त्रालयको सभा कक्षमा बसेको प्रदेश वाल अधिकार समितिको बैठकमा सहभागि भई हालसम्मको कार्य प्रगति र आगामी योजनाबारे छलफल गर्नु भयो । सोहि दिन मन्त्रालयको काम कारवाहीलाई सामुहिक निर्णय, जवाफदेही र उत्तरदायि बनाउन मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु, निर्देशक समेत रहेको उच्च स्तरिय व्यवस्थापन समुह ९क्भलष्यच ःबलबनझभलत त्भबm क्ःत् ० गठन गरि प्रत्येक आईतवार अपरान्ह १३ः०० बजे बैठक बस्ने निर्णय भयो ।
  •  २०७८ आश्विन १३ गते आश्विन १५ गते मनाईने जेष्ठ नागरिक दिवसका लागि योजना निर्माण गर्न सम्वन्धीत सरोकारवालाहरुको उपस्थितिमा मन्त्रालयको सभाहलमा बसेको बैठकमा सहभागि भई दिवसको कार्यक्रम तय भयो भने प्रदेशको जेष्ठ नागरिक नीति तयार गर्ने सम्वन्धमा राय समेत लिनुभयो ।
  •  २०७८ आश्विन १४ गते उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेल सहित चितवन गणेशधामको अवलोकन गर्नु भयो । सोहि दिन चितवन जिल्ला भरतपुर महानगरपालिका ११ मा राष्ट्रिय जनगणनाको परिवार सर्वेक्षण कार्यक्रमको अनुगमन गर्नु भयो भने क्रमस चितवन भरतपुरमा रहेका आदिकवि भानुभक्त माध्यमिक विद्यालय, नारायणी नमुना माध्यमिक विद्यालय, बालमन्दिर अटिजम विशेष विद्यालय र धादिङ्गको शंखादेवी माध्यमिक विद्यालयको अवलोकन गरि विद्यालयको भौतिक, शैक्षिक अवस्था र आवश्यकतावारे जानकारी लिई अवश्यक निर्देशन दिनुभयो ।
  • २०७८ आश्विन १५ गते अन्तराष्ट्रिय खेल परिसर सातदोवाटोमा प्रदेश खेलकुद विकास परिषदको आयोजनामा खेलकुद पुर्वाधार सम्वन्धमा खलकुदका पदाधिकारी तथा पत्रकारहरु संग अन्तरकृया गरि प्रदेशको खेलकुद पुर्वाधारका वारेमा जानकारी लिनुभयो भने तयारीमा रहेको प्रदेश खेल नीतिका वारेमा सुझाव समेत लिनु भयो । सोहि दिन युवा वैज्ञानिक प्रोत्साहन कोष बागमती प्रदेशको बैठक बसी कोषबाट सञ्चालित पाँचवटा अनुसन्धानको समीक्षा गर्नु ।विज्ञान संग्रहालय स्थापना गर्न र विज्ञान तथा प्रविधि नीति तयार पार्न डा. दिनेश भुजुलाइ जिम्मेवारी दिने निर्णय भयो । सोहि दिन प्रदेश खेलकुद विकास परिषदको बैठक सातदोवाटो खेल परिसरमा सम्पन्न भई वार्षिक कार्यक्रम एवं बजेट पारित समेत भयो ।
  •  २०७८ आश्विन १६ गते शिक्षा तालिम केन्द्र धुलिखेलको निरीक्षण, अवलोकन गर्नुका साथै तालिमरत शिक्षकहरु संग अन्तरकृया गरि विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका सम्वन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुभयो । सोहि दिन शिक्षाविद् विद्यानाथ कोइरालासंग काठमाण्डौमा प्रदेश शिक्षा नीति र समयानुकुल विद्यालय शिक्षालाई प्रभावकारी बनाउने सम्वन्धमा पृष्ठपोषण समेत लिनु भयो ।
  •  २०७८ आश्विन १७ गते सरस्वती निकेतन मा.वि टेकुको निरीक्षण गरि विद्यालयको आइसिटी र इसिडी कक्षाहरुको व्यवस्थापन र स्टीम प्रयोगशालामा विद्यार्थीहरुले गरेको प्रदर्शनीको अवलोकन गर्नु भयो ।
    ड्ड २०७८ आश्विन १९ गते प्रदेश खेलकुद परिषदको आयोजनामा वालकुमारी माध्यमिक विद्यलय चितवन नारायणगढमा रग्वी खेल प्रशिक्षक प्रशिक्षण तालिमको समुद्घाटन गर्नु भयो र क्याम्पाचौरमा भएको रग्वी खेलको अवलोकन गर्नु भयोे । सोहि दिन नेपाल निवृत्त शिक्षक समाज चितवनका पुर्व शिक्षकहरु संग विद्यालयको शिक्षण सुधारका सम्वन्धमा अन्तरकृया तथा छलफल गर्नु भयो । सोहि दिन सामाजिक विकास मन्त्रालयको सभाहलमा वौद्धिक अनुसन्धान परामर्श केन्द्रद्धारा बागमती प्रदेशको आधारभूत तहको पाठ्यक्रम प्रभावकारीता अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रममा सहभागी भई प्रतिवेदन उपर अवश्यक सल्लाह, सुझाव दिनु भयो ।
  •  २०७८ आश्विन २० गते सामाजिक विकास मन्त्रालयको सभाहलमा प्रदेश शिक्षा नीति २०७८ को मस्यौदा समितिको बैठक वसि प्रस्तावित शिक्षा नीतिका बुँदा बुँदामा छलफल गरि प्राप्त सुझावहरुलाई समावेश गरि मन्त्री परिषदको बैठकमा लैजानका निमित्त अन्तिम तयारी गर्न समितिका संयोजकलाई जिम्मेवारी दिनु भयो ।
  •  २०७८ आश्विन २२ गते हेटौडाको गौरिटारमा रहेको २३ विगाह जग्गालाई आवश्यक पुर्वाधारहरु निर्माण गर्दै बागमती प्रदेश खेल परिसरको रुपमा विकास गर्ने योजनाको सुरुआति अन्तरगत माशिक ६५ हजार भाडा तिरी बसि रहेको बागमती प्रदेश खेलकुद परिषदको कार्यालयलाई गौरिटारको आफ्नै भवनमा स्थानान्तरण गर्नु भयो । विज्ञान तथा प्रविधि नीति, युवा नीति, खेलकुद नीति, महिला नीति, बालबालिका नीति, जेष्ठ नागरिक नीति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक नीति, अपाङ्ग÷अशक्त नीति आदि ८ वटा नीतिहरुको ड्राफ्ट गर्नका निमित्त सम्वन्धित विषय विज्ञहरु चयन गरि जिम्मेवारी दिने कार्य भयो । यसका साथै प्रदेश शिक्षा ऐन ड्राफ्ट गर्नका लागि विज्ञ चिरञ्जिवी खनाललाई जिम्मा लगाईयो । सामाजिक विकास मन्त्रालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरु संग विजया दशमी २०७८ को शुभकामना आदन प्रदान गर्नुका साथै मन्त्रालयमा सुधार गर्नु पर्ने पक्षहरु र सम्वन्धित कर्मचारीको कर्तव्यका सम्वन्धमा जानकारी गराउनु भयो । सोहि दिन साँझ मोटल एभोकार्डो हेटौडामा आयोजित बागमती प्रदेश उद्योग परिसंघको साधारण सभामा सहभागि हुनुभयो ।
  • २०७८ आश्विन २४ गते वाल सुधार गृह मकवानपुरको भौतिक अवस्था लगायत वालवालिकाहरुको व्यवस्थापनको माननिय राज्यमन्त्रीज्यू समेतको सहभागितामा अवलोकन गरि आवश्यक निर्देशन दिइयो ।
  •  २०७८ आश्विन २८ गते वागमती प्रदेशको शिक्षा नीतिका सम्वन्धमा विज्ञहरु संग छलफल गरी थप सुझावहरु संकलन गर्नु भयो
  •  २०७८ आश्विन ३१ गते भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको गणेशधाममा निर्माणाधिन पुण्यवति जलासय बाँधमा भई रहेको कामको प्रगति र अवस्थाको अवलोकन गरी निर्माण कार्यमा सहजिकरण गर्नु भयो ।
  •  २०७८ कार्तिक ०२ गते मन्त्रालयको सभा हलमा मातहत कार्यालयका प्रमुख सहितको सिनियर मेनेजमेन्ट टिमको बैठक बसी मन्त्रालय तथा कार्यलयको कार्य प्रगति र योजनाका सम्वन्धमा छलफल गरी मन्त्रालय तथा कार्यालयहरुले सेवाग्राही मैत्री, विधिसम्मत र सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
  • २०७८ कार्तिक ०३ गते माननिय राज्यमन्त्रीज्यू समेतको सहभागितामा सिप विकास तालिम केन्द्र हेटौडाको निरीक्षण गर्नु भयो र कर्मचारीहरुलाई समय सापेक्ष दक्ष जनशक्ति उत्पादन गर्ने र तालिम केन्द्रका भौतिक सम्पत्ति संरक्षण गर्ने सम्वन्धमा निर्देशन
  • २०७८ कार्तिक ०५ गते मन्त्रालयको सभाहलमा माननिय मुख्य मन्त्रीज्यूको प्रमुख आतिथ्यमा विपद न्यूनीकरण तथा व्यवस्थापन सम्वन्धि बैठकमा सहभागि हुनु भयो ।
  •  २०७८ कार्तिक ०७ गते चितवन जिल्लामा रहेका वीरेन्द्र आधारभूत विद्यालय पटिहानी टाउन, राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरी माडी, कृष्णनगर मावि माडी, जनकल्याण मावि माडी, किर्तनपुर आधारभूत विद्यालय माडी, दिवाकर स्मृति विद्यालय रमाइलो डाडा माडी, दिवाकर स्मृति वहुप्राविधिक शिक्षालय माडी, जगतपुर वहुप्राविधिक शिक्षालयआदिको निरीक्षण गरी त्यहाँको भौतिक तथा शैक्षिक अवस्थाका सम्वन्धमा जानकारी लिइ त्यहा रहेका शिक्षक, कर्मचारी र विद्यार्थीहरु समेत संग अन्तरकृया गर्देै आवश्यक निर्देशन प्रदान गर्नु भयो । सोहि दिन भरतपुर २२ पटिहानी र माडिमा निर्माणाधिन कवर्डहल निरीक्षण गरी कामको प्रगति वारे जानकारी लिई आवश्यक निर्देशन दिनु भयो ।
  •  २०७८ कार्तिक ८ गते मोहन माध्यमिक विद्यालय भरतपुर १२ चितवनको निरीक्षण, शिक्षक तथा विद्यार्थीहरु संग अन्तरकृया गरी भौतिक तथा शैक्षिक अवस्थाका सम्वन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनु भयो ।
  •  २०७८ कार्तिक ९ गते विहान मानव सेवा आश्रम हेटौडा मकवापनुरको अवलोकन गरी त्यहाँ रहेका आमा बुवाहरुको अवस्थाको वारेमा जानकारी लिइ व्यवस्थापन संग आगामि कार्य योजनाका सम्वन्धमा छलफल गर्नु भयो । यसै दिन बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको निरीक्षण गर्नु भयो । माननिय मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीज्यूबाट शुभारम्भ भएको लैंगिक हिंसा म गर्दिन, म सहन्न र गरेको देखेमा सम्वन्धित ठाउँमा उजुरी गर्नेछु भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भयो ।
  • २०७८ कार्तिक १० गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बागमती प्रदेशको बोर्ड बैठकमा सहभागी भई कार्य प्रगतिका सम्वन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनु भयो । ःःधन्यवादःः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका