होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनका सांसद विजय सुवेदीले मन्त्री बन्दा पाएको तलब चितवनका जेष्ठ नागरिकलाई दिए

चितवनका सांसद विजय सुवेदीले मन्त्री बन्दा पाएको तलब चितवनका जेष्ठ नागरिकलाई दिए

चितवन,कार्तिक ११-

चितवनका सांसद विजय सुवेदीले बागमती प्रदेशको सामाजिक विकास मन्त्री हुँदा आफुले पाएको तलब चितवनका जेष्ठ नागरिकलाई सहयोग गरेका छन । आज (बिहिबार) मन्त्रालयबाट बिदाई हुँदैगर्दा उनले जेष्ठ नागरिकलाई आफुले प्राप्त गरेको तलबको रकम जेष्ठ नागरिक समाज चितवनलाई हस्तान्तरण गरेका हुन ।

उनले जेष्ठ नागरिक समाज चितवनका अध्यक्ष केदार तिमिल्सीना लाई एक महिनाको तलब ६० हजार २ सय ३० रुपैंयको चेक हस्तान्तरण गरे । आफ्नो जीवनयापनमा हुने खर्चलाई कम गर्दै सामाजिक क्षेत्रमा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले तलब मार्फत प्राप्त रकम सहयोग गरेको उनले बताए । सुबेदीको सादा जीवनयापनका कारण चितवनका जनताबीच उनि लोकप्रिय छन । यसअघि सांसद भएबापत प्राप्त हुने रकमबाट पनि उनले सामाजिक क्षेत्रमा सहयोग गरेका थिए ।

सांसद सुबेदीले जेष्ठ नागरिकलाई सम्झेर सहयोग गरेको भन्दै जेष्ठ नागरिक समाज चितवनका अध्यक्ष तिमिल्सीनाले धन्यबाद ज्ञापन गरे । सुबेदीले आजै पत्रकार सम्मेलन गरेर ४९ दीनमा आफुले गरेका कामको बारेमा जानकारी दिएका छन । स्वकिय सचिवको तर्फबाट सन्तोष पन्तले ४९ दिनको अवधिमा गरेका १ सय बढि कामको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुङ्गेल, रामजानकी बालिका आश्रम देवघाटका सरक्षक रामेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका