होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • महिला फुटबल–भक्तपुरको जित

खेलकुद

महिला फुटबल–भक्तपुरको जित

  • रासस
  • मङ्लबार, कार्तिक ९, २०७८
महिला फुटबल–भक्तपुरको जित

काठमाडौँ, कात्तिक ९ –

भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई–दुई गोल गरिन् भने अजिता घर्तिमगरले एक गोल गरिन् ।

यता पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् । यस जितसँगै समूह ‘सी’ को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।

प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका