जोडिनुहोस
alt
  • होमपेज
  • एमाले रत्ननगर एकको वडा अधिवेशन सम्पन्न : अध्यक्षमा दोपराज केसी

एमाले रत्ननगर एकको वडा अधिवेशन सम्पन्न : अध्यक्षमा दोपराज केसी

चितवन, कार्तिक ६ –

नेकपा एमाले रत्ननगर नगरपालिका १ को अध्यक्षमा दोपराज केसी चयन भएका छन् ।

आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा केसीलाई चयन गरेको हो ।

अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा राजु मालाकार, सचिवमा योगराज सुवेदी, सहसचिवमा बाबुराम श्रेष्ठ र मिरा सापकोटासहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका