होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • नारायणगढ मुग्लिन सडकमा दुई छुट्टाछुट्टै दुर्घटना : १५ जना घाइते

नारायणगढ मुग्लिन सडकमा दुई छुट्टाछुट्टै दुर्घटना : १५ जना घाइते

चितवन, कार्तिक ५ –
नारायणगढ मुग्लिन सडकखण्डमा आज दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् । माइक्रो बस र मिनिबस दुर्घटनामा परेका हुन् । दुर्घटनामा १५ जना यात्रु सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २३९ नम्बरको मिनिबस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बस नदीतर्फ बनाइएको पर्खालमा ठोकिएको हो । ३० जना सवार मिनिबसमा १५ जना सामान्य घाइते भएका हुन् । जसमध्ये ४ जनालाई अस्पताल लगिएको छ ।

यस्तै आजै सो सडकमा माइक्रो बस दुर्घटना भएको छ । ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोलाई ग १ ख ९३६७ नम्बरको बसले ठक्कर दिँदा माइक्रो सडकमा रहेको पहाडमा घसारिएको छ । जसले गर्दा माइक्रोको एकाट्टिको भागमा क्षति पुगेको छ । माइक्रो र बसमा रहेका सबै यात्रु सकुशल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका