जोडिनुहोस
alt
  • होमपेज
  • टि–२० विश्वकपः श्रीलंका सुपर १२ मा प्रवेश

टि–२० विश्वकपः श्रीलंका सुपर १२ मा प्रवेश

काठमाडौँ, कात्तिक ४–

एक खेल अगावै श्रीलंका टि–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणको खेलमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले सुपर १२ मा स्थान सुरक्षित गरेको हो ।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.३ ओभरमा १०१ रन बनाउँदै अलआउट भयो । उसका लागि कप्तान एन्डी बालबिर्नीले सर्वाधिक ४१ रन बनाए भने कर्टिस क्याम्फरले २४ रन बनाए । आयरल्याण्डका अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
श्रीलंकाका लागि महेश थेक्शानाले ३, चमिका करुणारत्ने र लाहिरु कुमारले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । उसका लागि वानिन्दु हसरंगा डे सिल्भाले ७१, पथुम निस्काले ६१ र कप्तान दासुन शनाकाले २१ रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

आयरल्याण्डका लागि जोश सानोले ४ विकेट लिए भने मार्क अडेयरले २ र पल स्टर्लिङले एक विकेट लिए ।

जितसंगै श्रीलंका उत्कृष्ट नेटरनरेटको साथ ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । आयरल्याण्ड २ अंकका साथ दोस्रो र नामिबिया तेस्रो स्थानमा छन् भने नेदरल्याण्ड अंकबिहीन रहँदै अन्तिम स्थानमा रहेको छ । यस समूहबाट सुपर १२ मा प्रवेश गर्ने दोस्रो टोलीको रुपमा आयरल्याण्ड र नामिबियाबीचको प्रतिस्पर्धाले गर्नेछ । यी दुईको विजेता सुपर १२ मा प्रवेश पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका