जोडिनुहोस
alt
  • होमपेज
  • महाकाली र जोगबुढाको बाढीले तटीय क्षेत्रका २ सय बढी घर डुबानमा

महाकाली र जोगबुढाको बाढीले तटीय क्षेत्रका २ सय बढी घर डुबानमा

धनगढी, कात्तिक २–

आइतबारदेखिको लगातारको वर्षाले महाकाली र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा समेत परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको छ ।

आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकाली लगायतका नदीहरुमा बाढी आएको छ । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।

महाकाली नदीमा बिहान तीन लाख ९१ हजार क्युसेक मापन गरिएको पानीको सतह अहिले बढेर चार लाख ६१ हजार सात सय २८ क्युसेक पुगेको छ ।

यो महाकाली नदीमा २०७० सालयताकै ठूलो बाढी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका