होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • दसैँ अवधिमा भएको दुर्घटनाबाट चितवनमा नौको मृत्यु

दसैँ अवधिमा भएको दुर्घटनाबाट चितवनमा नौको मृत्यु

चितवन, असोज ३१ –

जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो ।

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उहाँले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उहाँको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका