होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

  • रासस
  • सोमवार, अशोज २५, २०७८
अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

काबुल , असोज २५-
अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।

अफगानिस्तानका विद्रोही तालिबानहरुले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।

उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएका अधिकारीहरूले बताएका छन् । अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसंख्यक सिया समुदायका नागरिक रहेका बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।

तर यहाँको सत्ता तालिबानले लिएपछि यस अघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा आइएसले हमला गरी नागरिकको हत्या गरेका थिए । रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका