होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुरको वीरेन्द्र क्याम्पसमा दसैँको शुभकामना आदानप्रदान

भरतपुरको वीरेन्द्र क्याम्पसमा दसैँको शुभकामना आदानप्रदान

चितवन, असोज २५-

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज नेपाल वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा विजयादशमी, शुभदिपावली, नेपाल सम्वत ११४२ एवम् छठ तथा ईद पर्वको अवसरमा सो कार्यक्रम गरिएको हो ।

समाजका अध्यक्ष प्रेम कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले उपस्थित सबैलाई रातो टीका लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले क्याम्पसमा हुने समाजशास्त्रका विद्यार्थीको अनुसन्धान कार्यमा क्याम्पसले सदैव हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि समाजशास्त्र विभाग प्रमुख उपप्राध्यापक केशवराज सापकोटाले समाजशास्त्रीय अनुसन्धान महत्वपूर्ण विषय भएकोले अगाडि बढ्न हौसला दिँदै विभाग यस समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाजका कार्यहरुमा साथमा रहेको बताए ।

कार्यक्रममा समाजका उपाध्यक्ष सावित्री बराल, सदस्यद्वय निशा पौडेल र अस्मिता बरालले उपस्थित सबैलाई ब्याज एवम् पुष्प गुच्छा प्रदान गरेका थिए । कार्यक्रममा समाजका सहसचिव अनुराधा पन्तले स्वागत मन्तव्य एवम् सचिव मनोज विक्रम विष्टले संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति महेशप्रसाद अधिकारीले समाजशास्त्रका विद्यार्थीले यस्तो सामाजिक अनुसन्धान कार्यमा अघि बढेकोमा विशेष धन्यवाद दिँदै आगामी दिनमा अनुसन्धानात्मक जर्नल प्रकाशित हुने आशा व्यक्त गरेका थिए । भूतपूर्व विद्यार्थी एवम् वीरेन्द्र सैनिक आवासीय विद्यालयका समाजशास्त्र विभागका संयोजक रुद्रप्रसाद अधिकारीले बधाई दिँदै विजयादशमीको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा समाजशास्त्र विभागका प्राध्यापकहरु होमनाथ अधिकारी, रमेश काफ्ले, शम्भु भट्टराई, शिरोमणि पराजुली, राजेन्द्र गिरी, कृष्णकान्त पौडेल, अर्जुन पौडेल तथा अनेरास्ववियु प्राकका सचिव सुदिप पौडेल उपस्थित भएका थिए । कार्यक्रममा समाजशास्त्र तेस्रो सेमेष्टरका विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको सहजीकरण समाजका कोषाध्यक्ष जगन्नाथ उपाध्यायले गरेका थिए । कार्यक्रमका अध्यक्ष प्रेम कँडेलले उपस्थित सबैलाई विजयादशमीको शुभकामना तथा धन्यवाद दिँदै समाजशास्त्र अध्ययन तथा अनुसन्धान समाज वीरेन्द्र बहुमुखी क्याम्पस आफ्नो उद्देश्य सफलताको लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका