जोडिनुहोस

Banner

चितवन, असोज २३–

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष राजु पौडेलको अध्यक्षता सम्पन्न साधारणसभा एवम् अधिवेशनले त्रिलोचन कँडेलको अध्यक्षतामा नयाँ कायसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, सचिवमा मदन घिमिरे, कोषाध्यक्षमा गोपाल प्रसाद गैरे चयन भएका छन् । यस्तै सदस्यहरुमा युगराज वस्ती, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, चन्द्रकान्त सुवेदी, जितबहादुर हमाल, पार्वती कुँबर र सुरेन्द्र कार्की चयन भएका छन् ।

यस्तै अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मण पोखरेल, ईश्वरी प्रसाद रिजाल रहेका छन् ।

त्यसैगरी गोपाल प्रसाद गैरेको संयोजकत्वमा ऋण उपसमिति चयन गरिएको छ । जसको सदस्यहरुमा प्रतिभा श्रेष्ठ, परमेश्वर भण्डारी रहेका छन् । त्यस्तै दण्डपाणी भट्टको संयोजकत्वमा शिक्षा उपसमिति चयन गरिएको छ । जसको सदस्यहरुमा सुरेन्द्र कार्की, दुर्गालाल सापकोटा रहेको छन् ।

त्यस्तै चन्द्रकान्त सुवेदीको संयोजकत्वमा सदस्यता विस्तार उपसमिति चयन गरिएको छ भने सदस्यहरुमा गोविन्द प्रसाद खनाल, युवराज पाठक, सुदिप कुमार ओली, भोजराज खनाल र नरबहादुर नेपाल चयन भएका छन् ।

त्यस्तै सभाले मदन घिमिरेको संयोजकत्वमा सम्पति व्यवस्थापन उपसमिति चयन गरेको छ । जसको सदस्यहरुमा पुरुषोत्तम रिजाल, दिनुप कुमार बराल रहेका छन् ।

साकोसका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा सुधा सुवेदी पौडेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष दुर्गा प्रसाद भण्डारीले आ.व.०७७/०७८ को लागि प्रस्तावित बजेट प्रस्तुत गरेका थिए भने गोविन्द अर्यालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सहित लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विनियम मस्यौदा समितिका युग राज वस्तीले विनियम प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार कृष्णप्रसाद अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा आदर्श बचतकर्तातर्फ राजेन्द्र सटर ग्रिल उद्योगका मेहरमान श्रेष्ठ, राजेन्द्र सटर ग्रिल उद्योगकै मोहनलाल श्रेष्ठ, न्यू लोक कल्याण दाना उद्योगका रामजी पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै आदर्श ऋणितर्फ रिजाल फुड एण्ड वेभरेज प्रा.लि.का स्वरुप रिजाल, फाईभस्टार फाउण्डेशनका जमुना सापकोटा, माडी सिरक तथा डसना उद्योगका उत्तर बहादुर रानालाई पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट बाल बचतकर्ता दिव्यांशा कँडेल र ब्याज आम्दानीमा बढी योगदान गर्ने विकल्प कंक्रिटका विष्णु पौडेललाईसम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *