होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • पोखरालाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

पोखरालाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

काठमाडौँ, असोज २३–

चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । उपाधिसंगै चितवनले ५० लाख रुपैयाँ पुरस्कार र आकर्षक ट्रफी प्राप्त गरेको छ ।

पोखराले दिएको ११२ रनको मध्यम लक्ष्प पछ्याएको चितवनले २५ बल बाँकी छदै ६ विकेटको क्षतिमा ११४ रन बनाउँदै जित हात पार्‍यो । चितवनलाई जिताउन भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका भीमले ७ चौका र २ छक्का प्रहार गरे । दिलीप नाथले १८, राजेश पुलामी मगरले १४ रनको योगदान दिए । मोहम्मद शहजाद ११ रनमा आउट भए ।

पोखराका लागि किशोर महतोले ४, नन्दन यादवले २ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको पोखरा १७.५ ओभरमा १११ रनमै अलआउट हुन पुग्यो ।

पोखराका लागि असेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए भने कप्तान विनोद भण्डारीले २२ रन बनाए । ओपनर रिचर्ड लेभीले २६ रन बनाए भने विपिन रावलले १७ रन जोडे । पोखरालाई मध्यम स्कोरमा रोक्न चितवनका कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जन्नत र सेकुग्गेले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले समान एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका