Breaking News
चितवनमा नयाँ नोट वितरण सुरु
०

चितवन, असोज १८ –
चितवनमा आजबाट नयाँ नोट वितरण सुरु गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक भरतपुरका प्रमुख सन्त सोतीले आजबाट नयाँ नोट वितरण सुरु गरिएको जानकारी दिए ।
चितवनमा नयाँ नोट वितरण गर्न वाणिज्य बैंकका लागि ३ करोड रुपैयाँ आएको उनको भनाइ छ । गतवर्ष ८/९ करोड रुपैयाँ नयाँ नोट वाणिज्य बैंकमा आउँदथ्यो ।
यसवर्ष नयाँ नोटको अभाव भएको हो । १८ हजार ५०० का दरले एक जनालाई नयाँ नोट दिइने उनको भनाइ छ । उनले करिव ७/८ सय सर्वसाधारणलाई नयाँ नोट दिएपछि बन्द गरिने बताए । बाँकी रहेको नोट सरकारी कार्यालयहरुमा पनि दिनुपर्ने उनको भनाइ छ ।
आजबाट सुरु गरिएको नोट वितरण पर्सिसम्म जारी रहने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>