होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन

पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन

मधुसूदन दवाडी

चितवन, असोज १५-

दुःख र अन्यायमा परेका मानिसहरुलाई न्याय दिन वकालत गर्ने काम प्राय अधिवक्ताहरुको हुन्छ । तर, सधै विभिन्न अदालतमा पीडितको पक्षबाट वकालत गर्ने अधिवक्ता नन्दराज आचार्य भने आफैँ चितवन र गैँडाकोटलाई जोड्ने नारायणी पुलबाट हामफालेका छन् ।

घटना आजभन्दा चारदिन अघि अर्थात् असोज ११ गतेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटले फेला पारेको सीसी क्यामराको फुटेजअनुसार ११ गते साँझ ६ बजेर एक मिनेट जाँदा नारायणी पुलको मध्य भागको बाँयातिरबाट उनी नारायणी नदीमा हामफालेका हुन् । भरतपुर घर र गैँडाकोटमा शशुराली भएका उनी मध्य भागमा पुगे र पुलमा झोला राखेर नदीमा हामफालेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डीएसपी दिलिप गिरीका अनुसार चार दिन अघि नदीमा हामफालेका ४५ वर्षीय आचार्यको लाइसेन्स र खल्तीमा रहेका कागजपत्र भेटियो तर अहिलेसम्म शव भेट्न सकिएको छैन । खोजी कार्य भइरहेको छ ।

भरतपुरको गंगानगर पटिहानी घर भएका आचार्य सर्वाेच्च अदालतमा अधिवक्ताको रुपमा बहस गर्दे आएका थिए । घरपरिवार, आर्थिक आम्दानी सबै राम्रो अवस्था भएका आचार्य किन पुलबाट हामफाल्नुपर्ने अवस्था आयो भन्दै उनको आफन्त पर्नै चितवनका पुराना कम्युनिस्ट नेता मुक्ति अधिकारीले नारायणी अनलाइनसँग आश्चर्य व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका