होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • चितवनको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्बमा क्यानडाको गैरआवासीय नेपाली समूहले किन्यो

चितवनको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्बमा क्यानडाको गैरआवासीय नेपाली समूहले किन्यो

चितवन, असोज १५-

चितवनको भरतपुर महानगरपालिकाको गाँजीपुरमा रहेको अत्याधुनिक अविनाश पोल्ट्री फार्म झण्डै एक अर्ब रुपैयाँमा बिक्री भएको छ ।

उद्योगपति गुणचन्द्र विष्टको मुख्य लगानी रहेको अविनाश फार्म आठ वर्ष अघि स्थापना भएको थियो । फार्म क्यानडाका गैरआवासीय नेपाली अरुण ढुंगेलको समूहले ९२ करोड २५ लाख रुपैयाँमा किनेको हो ।

चितवनका उद्योगी विष्टले व्यापारीले उद्योग बेच्ने र किन्ने सामान्य विषय भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मेरो चितवनमा धेरै क्षेत्रमा लगानी छ । त्यो मध्ये मैले खाने अण्डा उत्पादन गर्ने फार्म बेचेको हो । मैले नेपालको झण्डै ८० ठाउँमा लगानी गरेको छु ।’ उनले आफू १५ वर्षको उमेरदेखि अहिले ६८ वर्षको उमेरसम्म व्यापार तथा व्यवसाय गरिरहेको बताए ।

यो पोल्ट्री फार्म अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी र स्थानीय तारा काफ्लेको लगानी थियो । यो कम्पनीमा विष्टको नाममा ८० प्रतिशत र भण्डारी तथा काफ्लेको नाममा १०÷१० प्रतिशत सेयर थियो ।

विष्टले फार्म बिक्री भइसकेको बताउँदै नयाँ व्यवस्थापनलाई हस्तान्तरणसमेत गरिसकेको नारायणी अनलाइनलाई जानकारी दिए। अविनाश नेपालकै पहिलो अटोमेटेड फार्म हो । कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्सन गर्ने, तौलअनुसार ग्रेड छुट्याउने र प्याकेजिङसम्म सबै मेसिनबाट हुन्छ ।

उनका अनुसार नयाँ समूहले विस्तार गरेर चलाउन सके अझै राम्रो मुनाफा गर्न सक्छ । विष्टको नवलपरासीमा झण्डै पाँच अर्ब लगानीमा अविनाश ह्याचरी छ । भण्डारी पनि २०५० सालदेखि नै पोल्ट्री व्यवसायमा थिए । उनले त्यही बेलामा संजिवनी पोल्ट्री फार्म सञ्चालन गरेका थिए । विसं २०१९ सालमा काठमाडौँबाट चितवन झरेका विष्ट चितवनका पुराना उद्योगीका रुपमा परिचित छन् । खाद्यान्न व्यवसायबाट हात हालेका उनको पोल्ट्री, गृहलक्ष्मी मेटल, एलपी ग्यास र घरजग्गा व्यवसायमा लगानी रहेको छ ।

यो फार्ममा अहिले अण्डा दिने दुई लाख लेयर्स कुखुरा छ । साढे नौ बिघा जग्गामा यो फार्म फैलिएको छ । फार्म किनेका गैरआवासीय नेपाली ढुंगेलले अत्याधुनिक फार्ममा सम्भावना देखेर ठूलो लगानी गरेको बताए । फार्ममा लगाइएको अटोमेटिक मेसिनसमेत युरोपेली स्ट्यान्डर्डको छ । सबै अटोमेटेड भएको अत्याधुनिक फार्म विस्तार गर्न सक्ने सम्भावना देखेर हामीले लगानी गरेका हौं । ढुंगेलले फार्म किन्नु अघि यस क्षेत्रमा राम्रो अनुसन्धान गरेर मात्र किनेको देखिन्छ । उनका अनुसार अविनाशको अण्डा माग अनुसार पुर्‍याउनै पुर्‍याउनै सकिएको छैन । ‘ग्रेडिङ गरेको सफा अण्डा भएकाले यसको माग उच्च रहेछ । तर माग अनुसार अहिले पनि  पुर्‍याउन सकिएको छैन । हामी आएपछि क्षमता विस्तार गरेर यसलाई अगाडि बढाउनेछौं,’ उनले भने । उनको समूहले क्षमता विस्तार र फार्मका लागि मेगा बैंकबाट ऋण लिएका छन् । क्षमता विस्तारसँगै यो प्रोजेक्ट एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

उनको समूहमा विकासचन्द्र भट्टराई पनि साझेदार छन् । भट्टराई तीन दशकदेखि कुखुरापालन व्यवसायमा संलग्न छन्। कृषि क्षेत्रमा चार अर्ब लगानी गर्ने तयारीका साथ चितवन भित्रिएको यो समूहले अविनाशबाट काम सुरु गरेको जनाइएको छ । अब झन्डै तीन अर्ब लगानी थप्ने समूहको तयारी छ ।

2 प्रतिक्रिया on “चितवनको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्बमा क्यानडाको गैरआवासीय नेपाली समूहले किन्यो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका