जोडिनुहोस

Banner

ललितपुर, असोज १४–

नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ ।

डिजिटल मिडिया सम्बन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुलाई भागलिन आब्ह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन त्यस्ता ब्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

नेपालमा विभिन्न विदेशी कम्पनिसँग सहकार्य गरेर डिजिटल मिडिया सम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ । तर स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्वन्धी त्यस्तो प्रतिभाको खोजीगरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्वन्धी आवश्यकता पूर्तिगर्ने उद्धेश्य लिएर अगाडि बढेका कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतिको परीक्षण गर्ने लक्ष्यसहित पहिलोपटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो । जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको विषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने आयोजकले अपेक्षा गरेको छ ।

यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सिमित घेराभन्दा बाहिर निस्किएर सिक्न र आफ्नो क्षमता बाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो जसले रु पाँच लाख सम्म पुरस्कार समेत प्राप्त गर्ने छ । म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्धेश्य नै मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रस्तुत गर्ने रहेको छ । यस प्रतियोगितामा सहभागिहुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.