जोडिनुहोस
alt
  • होमपेज
  • भायानेटले ल्यायो ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर

भायानेटले ल्यायो ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी अफर

काठमाडौँ, असोज १४–

भायानेटले दशैँ अफर सार्वजनिक सार्वजनिक गरेको छ । बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चकोMi Android TV मा भारी छुट दिनको लागि भायानेटले ‘बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५  च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् । साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ ।

यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् । चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका