जोडिनुहोस
alt
  • होमपेज
  • चितवनका गायक हस्टलरको गीत ‘चितवनबाट’ सार्वजनिक (भिडियोसहित)

चितवनका गायक हस्टलरको गीत ‘चितवनबाट’ सार्वजनिक (भिडियोसहित)

चितवन, असोज १३  –

चितवनका र्‍यापर गायक हस्टलर गोबिन्दको गीत ‘चितवनबाट’ सार्वजनिक भएको छ ।

हिजो मंलगबार साँझ भरतपुरको चुलोमा एक प्रिमियम कार्यक्रमका बीच ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतमा हस्टरकै शब्द र स्वर रहेको छ । म्युजिक भिडियोमा पनि गायक हस्टलर ले नै मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोमा अन्जय खड्काको छायांकन तथा सम्पादन रहेको छ ।

भरतपुरमा रहेको निर्भाना स्टुडियोका निगम श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा चितवनको पहिचान झल्कने कुराहरु देखाइएको छ । राष्ट्रिय निकुञ्जका जनावर र यहाँको संस्कृतिकालाई म्युजिक भिडियोमा मुख्य प्राथमिकता दिइएको छ । गीतमा भने गायक हस्टलरले आफ्नै संघर्षका कथा बढी समेटेका छन् ।

गायक हस्टलरले गीतलाई चितवनबासीहरुले माया गर्नेमा आफू विश्वस्त रहेको बताउँदै देशभर सबैसामु पुर्‍याउन चितवनबासीको सहयोगको अपेक्षा गरेका छन् ।

चितवनको पहिलो आवाज तथा चितवनका पहिलो रेडियो कार्यक्रम प्रस्तोता मनोज घिमिरेले सञ्चालन गरेको गीतको प्रिमियम कार्यक्रममा उवासंघ बागमति प्रदेशका कार्यकारी उपाध्यक्ष सहनलाल प्रधान, गीतका निर्देशक निगम श्रेष्ठ लगायत एसआईओ ब्याण्डका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका