होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • माडी नगरपालिकामा माओवादीको मनपरी, पार्टीको वडा सचिव नगरपालिकाको कर्मचारी

माडी नगरपालिकामा माओवादीको मनपरी, पार्टीको वडा सचिव नगरपालिकाको कर्मचारी

चितवन, असोज ११-

माडी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले नियम विपरित राजनीतिक दलका कार्यकर्तालाई नगरपालिकाका कर्मचारीमा नियुक्त गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत गौतमले एकीकृत नेकपा माओवादी माडी नगरपालिका वडा नम्वर ७ का वडा सचिव सुरेश थापालाई आफ्नो गाडी चालकमा नियुक्त गरेका हुन् । निजामती कर्मचारी ऐनको दफा ४४ ले निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन भन्ने उल्लेख गरे पनि नगरपालिकाले भने सिधै नगस्तरका माओवादी नेतालाई कर्मचारी नियुक्त गरेको हो । थापा वडा सचिव रहेको वाईसीएल चितवनका नेता सन्तोष पनेरुले जानकारी दिए ।

माडी नगरपालिकाका कार्यकारी अधिकृत गौतम आफू कार्यालयमा सरुवा भएर आउनुअघिकै करार सम्झौता भएकोले त्यसलाई निरन्तरता मात्रै दिएको दाबी गर्छन् । माडी नगरपालिकामा हाल कार्यरत अधिकांश कर्मचारी करारमा छन् । नगरप्रमुख ढकाल र नगरपालिकाका कार्यकारी प्रमुख समेतले आफू अनुकुल व्यक्तिहरु नगरपालिकामा नियुक्ति गर्न स्थायी दरबन्दी भए पनि कर्मचारीको माग गर्न प्रदेश र संघीय लोक सेवा आयोगमा सिफारिस गरेका छैनन् । अधिकांश कर्मचारी करारमा भएकोले महालेखा परीक्षकको कार्यालयले समेत कर्मचारीको विषयमा प्रश्न उठाएको छ ।

3 प्रतिक्रिया on “माडी नगरपालिकामा माओवादीको मनपरी, पार्टीको वडा सचिव नगरपालिकाको कर्मचारी

  1. यो न्युज इडिटरलाइ हरेक ब्यक्ती कुनै न कुनै दलमा छन, र कर्मचारी त झन दलकै भागबण्डामा भर्ती हुन्छन भन्ने थाहा नभएको कि यौटा कर्मचारी सङ प्रतिसोध साधेको ? यो न्युज पनि एमालेकै झोलेको होइन र ? माडी नगरपालिकामा कति एमाले छन, र ती कोको हुन ? सबै आओस ! होइन भने एस्ता एकतर्फी कथन बन्द गरौ !

  2. Kunai byakti kunai patima abadda xa vane usle gari khana napaune aba nepal ma .
    yo narayeni online ma hereko pyaye jasto news haru pati gat dekhinxa jasma derai maobadi ko matra news auxa
    ki news nai napara ho aruko ki male badi narayeni news ho

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका