होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • इपीएलः चितवन टाइगर्सको विजयी सुरुवात, विराटनगर २ विकेटले पराजित

इपीएलः चितवन टाइगर्सको विजयी सुरुवात, विराटनगर २ विकेटले पराजित

काठमाडौँ, असोज १०–

चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । आज (आइतबार) भएको पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

विराटनगरले दिएको १५२ रनको लक्ष्य पछ्याएको चितवनले अन्तिम बलमा ८ विकेटको क्षतिमा पुरा गरेको हो । अन्तिम ओभरमा २ रन आवश्यक छदा चितवनलाई जित निकाल्न अन्तिम बलसम्म कुर्न पर्‍यो । अन्तिम ओभरको पहिलो बलमै अनिल खरेलले कमल सिंह ऐरीलाई बोल्ड आउट गरे । दोस्रो बल साहब आलमले डट खेले भने तेस्रो बलमा एक रन लिए ।

त्यसपछि लगातार दुई बलमा राजेश पुली मगरले डट खेलेपछि अन्तिम एक बलमा चितवन जित निकाल्न एक रन चाहिएको थियो । अन्ततः अन्तिम बलमा राजेशले चौका प्रहार गर्दै चितवनलाई रोमाञ्चक जित दिलाए । उनी ३९ बलमा २ चौका र २ छक्काको मद्धतमा ४३ रनमा अविजित रहे ।

चितवनको सुरुवात भने उत्कृष्ट रहन सकेन । दोस्रो ओभरको दोस्रो बलमा टिमको रन ११ छदा विष्फोटक व्याट्सम्यान मोहम्मद सहजाद आउट हुने पुगे । उनी युवा बलर प्रतिश जिसीको बलमा विकेट किपर आशिफ शेखबाट समातिन पुगे । उनले ५ बलमा १ रन मात्रै बनाउन सके । यस्तै तेस्रो ओभरमा ओपनर इशान पाण्डे पनि आउट हुन पुगे । ७ बलमा १० रन बनाएका पाण्डे शिकन्दर राजाको बलमा एलबी डब्लुको धरापमा परे ।

चितवनको पारी उकास्न युवा व्याट्सम्यान भीम सार्कीले आक्रमक पारी खेले । उनले ११ बलमा ३० रन बनाएर करन केसीबाट क्याच आउट हुन पुगे । यस्तै चितवनका दिलीप नाथले २३, करिम जन्नतले १९ रन बनाए । त्यस्तै सोमपाल कामीले ९, सेकुग्गे प्रशन्नले ३, कमल सिंह ऐरी र साहब आलमले एक/एक रन बनाए ।

विराटनगरका लागि करन केसी र सिकन्दर राजाले समान २/२ विकेट लिए भने प्रतिश जिसी, अनिल खरेल र रायन पठानले समान एक÷एक विकेट लिए ।

आजको खेलमा चितवनका कमल सिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको विराटनगरले ९ विकेटको क्षतिमा १५१ रन जोडेको थियो । खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले उत्कृष्ट पारी खेल्दै मध्यम योगफलमा पुर्‍याएका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौकाको मद्धतमा ६७ रनको पारी खेले ।

विराटनगरका आशिफ सेख पहिलो बलमै क्याच आउट भए । रायन पठान ४ र चन्द्रपौल हेमराजले २ रन मात्र बनाउँदा विराटनगर ९ रनमै ३ विकेट गुमाउन पुगेको थियो । विराटनगरको लागि उत्कृष्ट फिनिसिङ गर्दै सौरभ खनालले १९ बलमा ३० रनमा अविजित रहे । यस्तै अनिल शाहले ३२ रन बनाए भने अन्य व्याट्यासम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनका लागि सोमपाल कामी, कमल सिंह ऐरी, करिम जन्नत र सागर ढकालले समान २/२ विकेट लिए भने साहब आलमले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका