जोडिनुहोस
alt
  • होमपेज
  • कांग्रेस महाधिवेशनः राप्तीको सभापतिमा देवेन्द्र लामा निर्वाचित

कांग्रेस महाधिवेशनः राप्तीको सभापतिमा देवेन्द्र लामा निर्वाचित

चितवन, असोज ९–

नेपाली कांग्रेस राप्ती नगरकार्यसमितिको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् ।

शनिबार राति गरिएको मतगणनामा १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे ।

आज अपरान्ह भएको मतदानमा कुल २२४ मत खसेको मतदान अधिकृत शिवराज अधिकारीले जानकारी दिए ।

यस्तै उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कंडेल निर्वाचित भएको मतदान अधिकृत अधिकारीले जानकारी दिए ।

यस्तै सह–सचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भएका छन् । निर्वाचित सबै लामा प्यानलका हुन् ।

यस्तै ६ जना नगर सदस्य भने सर्वसम्मत चयन भएको मतदान अधिकृत अधिकारीले जानकारीले दिए । राप्तीमा कुल २२७ जना मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका